कञ्चनपुरमा रूखमा झुन्डिएको अवस्थामा मानव कंकाल भेटिएको छ।
शुक्लाफाँटा नगरपालिका-११ कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ।
कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।