बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ।
सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतवार साँझ चिसोले कठ्यांग्रिएर बिरामी परेपछि घर ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
सुदूरपश्चिमका हिमाली जिल्ला दार्चुला र बझाङका अधिकांश मानिसहरु अहिले यार्सागुम्बा टिप्न लेकतिर गएका छन्।
पछिल्लो समय यार्सागुम्वा यहाँका मानिसहरुका लागि आयआर्जनको स्रोत बनेको छ।