कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ।
आइतबार भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा अन्दाजी ५५ वर्षीय पुरूष अचेत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार उक्त पुरूष गहुँ गोरो, उचाइ ५ दशमलव २ फिटका छन्। उनले कालो पाइन्ट, खैरो सर्ट, कालो कलरको हाइनेक, नीलो कलरको आस्कोट, टाउकोमा ढाका टोपी लगाएका छन्।
पातलो शरीर कपाल र दाह्रीजुंगा फुलेको पुरूष अचेत अवस्थामा फेला परेकोमा महाकाली प्रादेशिक अस्पताल उपचारका लागि पठाइएकोमा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।
मृत्यु भएका पुरूषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।