धादिङको गणेशखोला पुलको मुखमा* भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।
सोमबार अपरान्ह ४ बजे पुलको मुख भासिएर खाडल परेको जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले सेतोपाटीलाई जानकारी दिए।
धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलको मुखमा भ्वाङ परेको हो।
पुलको मुखमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ। वर्षापछि पुलको मुखमा भ्वाङ परेको हो।
‘दुई पाङ्ग्रे सवारी आवतजावत गर्न सक्छ तर अहिले रोकेका छौं,’ उनले भने, ‘वर्षा रोकिएपछि दुई पाङ्ग्रे सवारी जान सम्भव हुन्छ।’
प्रहरीले वैकल्पिक बाटो खुलाउन स्थानीय तह र सडक विभागसँग पनि समन्वय गरिरहेको छ।
*यसअघि अन्यथा परेकाले सच्याइएको