धादिङको गणेशखोलामा पुलको मुखनेर जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान साढे १० बजेबाट एकतर्फी सवारी चलाउन थालिएको जानकारी दिए।
‘अहिलेलाई एकतर्फी सवारी पठाउन थालिएको छ,’ उनले भने,‘अब दुईतर्फी सवारी चलाउने के गर्ने भन्नेबारे छलफल भइरहेको छ।’
जमिन भासिएको ठाउँमा छ तह जाली बिछ्याएर ग्याबिन गरिएको छ।
बाटो मर्मत गर्न नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियरसहित नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको थियो।