कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
मंगलबार बिहान पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खड्का बुवाको हत्या आरोपमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार घरायसी विवादका कारण सोमबार राति गणेशले ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेका थिए।
बुवाको हत्या गरेर भाग्न खोजेका गणेशलाई प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।