प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।
नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा आत्महत्या गरेकी थिइन्। श्रेष्ठका परिवारका सदस्यले डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।
डा. ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठ मृत फेला परेको थिइन्।
उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो।
अनुमाको परिवारले डाक्टर सुजनविरूद्ध आत्महत्या दुरूत्सानका जाहेरी दिएका थिए।