बझाङमा एक जना यार्सागुम्बा संकलक हिमपहिरोमा बेपत्ता भएकी छन्।
सुर्मा गाउँपालिका-१ कि ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन्।
केही दिनअगाडि छोरासहित पार्थी हिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा हिमपहिरोमा बेपत्ता भएकी छन्।
साेमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको स्थानीय दिपेन्द्र बोहराले जानकारी दिए। यता प्रहरीले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताए।
अहिले नै घटनाको पुष्टि गर्न नसकिने उनले बताए।
घटनास्थलमा प्रहरीले सुर्मा गाउँपालिकामा रहेको चौकीबाट प्रहरी परिचालित गरिएको छ।