धादिङको गणेशखोलामा फेरि सडक भासिएको छ।
बुधबार सडकमा भ्वाङ परेपछि दुबैतर्फ सडक अवरूद्ध भएको छ।
बुधबार मध्याह्न १२ बजेतिर फेरि भासिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए।
‘अहिले बाटो पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने।
सोमबार पनि गणेशखोला पुलको मुखमा सडक भासिएको थियो। सडक भासिएपछि १६ घण्टा लगाएर ग्याबिन वाल लगाइएको थियो।
मंगलबार सडकमर्मत गरेपछि सवारीसाधन आवतजावत भइरहेका थिए।
तर आज फेरि अर्को ठाउँमा सडक भासिएसँगै सडक अवरूद्ध भएको छ।
नागढुंगा-मुग्लिङ सडकखण्डका इन्जिनियर जयराम अधिकारीले भ्वाङ सानो भएको र आधा घण्टाभित्रै पुरिसक्ने बताए।
‘हिजो-अस्ति जस्तो ठूलो समस्या होइन। सानो भ्वाङ परेको हो। आधा घण्टामा पुर्न सकिन्छ,’ उनले भने, ‘काम भइरहेको होला। म पनि पुग्दैछु।’