ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
पौडेलले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई एक लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शेषकान्त पौडेललाई बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।