प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेकाे छ।
इलाका प्रहरी कार्यालय लम्कीले कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ९ सोनपुरबाट अवैध लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेकाे हाे।
इप्रका लम्कीका प्रहरी निरीक्षक शंकर खड्का अनुसार पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षका राजु चौधरी, कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ बस्ने २२ वर्षका समिर अधिकारी र साेही स्थान बस्ने २४ वर्षका प्रकाश ओली छन्।
प्रहरीले राजु चाैधरीकाे साथबाट ६ ग्राम ४८० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) र समिर अधिकारी र प्रकाश ओलीकाे साथबाट २ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित नियन्त्रणमा लिइएकाे इप्रका लम्कीले जनाएको छ।
पक्राउ परेका तीन जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखेकाे बताएको छ।