मकवानपुरमा झन्डै ५१२ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
बुधबार कैलाश गाउँपालिका-४ स्थित कटुन्जेबाट ५११ किलो ९०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेमा सोही ठाउँका राधाकृष्ण रिजाल र उत्तम रिजाल छन्।
राधाकृष्णको घरबाट ३२७ किलो ८०० ग्राम र उत्तमको घरबाट १८४ किलो १०० ग्राम गाँजा बरामद गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।