दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
गत १९ गते व्यास गाउँपालिकामा गएको हिमपहिरोमा पुरिएकी एक महिलाको शव सोमबार फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डोटी जोरायल गाउँपालिका-२ की २८ वर्षीया इश्वरी थापाको शव फेला परेको हो।
सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरूबाट गएको टोलीले उक्त शव फेला पारेको हो। यसअघि अन्य तीन जनाको शव फेला परेको थियो।
उनीहरू यार्सागुम्बा टिप्न गएका थिए। हिमपहिरो आएपछि उनीहरू बेपत्ता भएका थिए।
अझै एक जना महिला बेपत्ता छिन्। उनको पनि खोजी भइरहेको डिएसपी थापाले बताए।