नेपाल प्रहरीका बढुवा भएका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन र १२ जनाको सरूवा भएको छ।
गृह मन्त्रालयले मंगलबार बढुवा भएका १८ जनाको पदस्थापन र १२ जनाको सरूवा गरेको हो।
हाल बढुवा भएका विश्व अधिकारीको प्रहरी प्रधान कार्यालय युएन शाखाबाट अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ।
भूपेन्द्रबहादुर खत्रीको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालबाट महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको हो।
सानुराम भट्टराईको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाबाट प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा, ओम अधिकारीको अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शेखर खनालको प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको हो।
यस्तै, राजन अधिकारीको अख्तियारबाट कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सरूवा भएको छ।
भोलाबहादुर रावलको प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालबाट प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सरूवा भएको छ। जर्गाहमा रहेका मधुसुदन लुइँटेलको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहेका माधवप्रसाद श्रेष्ठको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा र मधेश प्रदेश प्रहरी कार्यालयमा रहेका मनोजकुमार यादवको नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा सरूवा भएको हो।
पदस्थापन:




सरूवा:


