अहिले देशभर स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्दकुमार झाले सेतोपाटीलाई जानकारी दिए।
दिउँसोपख पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने उनले बताए।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उनले बताए।
लुम्बिनी प्रदेशको तराई भूभागमा सामान्य हावा हुरीको सम्भावना रहेको उनको भनाइ छ।
‘पानी नपरेकाले त्यहाँ गर्मी पनि बढेको छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने देखिन्छ। बाँकी भूभागमा भने सामान्य बदलीको सम्भावना छ।’