काठमाडौंको बानेश्वरबाट जुवा खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरबाट शुक्रबार दिउँसो ११ जनालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ८ लाख १० हजार ४ सय रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।