सशस्त्र प्रहरी बलले सर्लाहीमा १६६ किलो गाँजा बरामद गरेको छ।
मलंगवा नगरपालिका-९ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले १६६ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बलले बरामद गरेको हो।
सशस्त्र प्रहरीलाई देख्ना साथै सोही ठाउँमा गाँजा छाडेर व्यक्ति भने फरार भएका थिए।
बरामद गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाएको छ।