नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विभिन्न भ्रष्टाचारका मुद्दाको छानविनको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छऽ
बुधबार नागरिक समाजका अगुवाले निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका हुन्।
दलीय भागबण्डामा गुपचुप राखिएका भ्रष्टाचार काण्डहरू प्ले कार्डमा उल्लेख गर्दै उनीहरूले जनक चोकमा प्रदर्शन गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकाको साइकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा भएको भ्रष्टाचार काण्ड लेखिएको प्लेकार्डसहित नागरिक समाजले प्रदर्शन गरेका थिए।
आफ्नै देशका नागरिकलाई पैसाको लागि शरणार्थी बनाउने जस्तो निच स्तरको काममा गृहमन्त्रीको ओहोदामा बसेका व्यक्तिबाट हुनु अकल्पनीय, अक्षम्य अपराध भएको अगुवा रामरिझन यादवले बताए।
नक्कली शरणार्थी लगायतको अन्य सबै काण्डको निष्पक्ष छानविन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले माग गरे ।
ठूलो भ्रष्टाचार काण्ड श्रृंखलाबद्ध रूपमा सार्वजनिक भइरहँदा मधेशको राजधानी जनकपुर लगायत मधेशका नागरिक समाज वुद्धिजिवी सडकमा नआउनु दुखद् रहेको यादवको भनाइ छ।