काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी परिरहेको छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले उपत्यकाका केही स्थानमा बिहानैदेखि वर्षा भएको मौसमविद् सविना शाक्यले जानकारी दिइन्।
उपत्यकामा बिहानै बादल लागेका कारण भिजिविलिटी पनि कमजोर भएको छ।
उपत्यका आसपासका जिल्लाहरूमा पनि पानी पर्ने क्रम सुरू भएको मौसमविद् शाक्यले जानकारी दिइन्। उपत्यकामा आज दिनभर पानी रोकिने पर्ने क्रम चलिरहने उनले बताइन्।
त्यस्तै कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पनि पानी पर्ने सम्भावना छ।
आगामी तीन दिनसम्म देशभरको मौसम् आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।