कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको हो।
उनी घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए।