गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ।
आइतबार बिहान करिब ४:३० बजे बिजुली सर्ट भई आगलागी भएको हो।
वडाध्यक्ष शरण श्रेष्ठका अनुसार आगलागीबाट स्वास्थ्य चौकीको माथिल्लो तलामा रहेको स्टोर रूम, प्रशासन कक्ष र महत्वपूर्ण कागजात र साम्रगी जलेर नष्ट भएको छ।
वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रनिनिधि लगायतले आगो नियन्त्रणमा लिएका छन्।
स्वास्थ्य चौकी प्रमुख बिमला पुलामीका अनुसार बिहान ६:३० बजे आगो नियन्त्रणमा लिइएको हो।
जेठ ९ गतेसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द रहने उनको भनाइ छ। औषधिलगायत सामग्री जुटाउने काम भइरहेको छ।