कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन्।
कान्तिपुर पब्लिकेशन्स प्रालिले आइतबार चौहानलाई प्रधान सम्पादक नियुक्त गरेको हो। प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले चौहानलाई स्वागत गरेका छन्।
आजै कान्तिपुरका निवर्तमान प्रधान सम्पादक सुधीर शर्मालाई बिदाइ गरिएको छ। कान्तिपुर समाचार कक्षमा शर्माले चौहानलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। शर्माले आफूले सम्पादकीय जिम्मेवारी सम्हालेको झण्डै २० वर्ष समय भएको भन्दै अब किताब लेखनको काममा लाग्ने बताएका थिए। प्रकाशक सिरोहियाले शर्माका लागि कान्तिपुर सधैँ घर जस्तै भएकाले सधैँ स्वागत रहने बताए।
चौहान यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए। कान्तिपुरमा सम्पादक हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा सम्पादक थिए।