सप्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित सोमबार बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए।
मृतक अन्दाजी २०/२२ वर्षीय युवक हुन्।
अहिलेसम्म उनको परिचय खुल्न नसकेको डिएसपी सिंहले बताए।
‘धारिलो हतियारले प्रहार गरी हत्या भएको देखिन्छ,ʼ उनले भने, ‘शरीरको अन्य भागमा चोटपटक लागेको देखिँदैन।ʼ
बिहान स्थानीयले खबर गरेपछि प्रहरी पुगेको थियो। अहिले उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पोस्टमर्टमका लागि लगिएको राखिएको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।