तनहुँमा नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।
शनिबार मध्याह्न पौने १२ भानु नगरपालिका-८ बलिफाँट बस्ने ३५ वर्षीय सुकबहादुर नेपाली मर्स्याङ्दीमा बेपत्ता भएका हुन्।
सतदेवि मन्दिरको निर्माणको लागि श्रमदान गर्न जान्छु भनेर हिँडेका उनी नदी किनारमा पौडी खेलिरहेका थिए।
त्यही क्रममा नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनबहादुर खाणले जानकारी दिए।
उनको खोजी गर्न प्रहरी चौकी पुर्कोट, इलाका प्रहरी कार्यालय भानु, मनकामना गण भानुबाट उद्धारको सामग्रीसहित प्रहरी तथा सशस्त्र प्रहरी खटिएका छन्।
उनको खोजी काम भइरहेको प्रहरीले जनाएको छ।