बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार राती करिब १ बजेतिर घरायसी बिबादका क्रममा दिलबहादुरले हँसिया प्रहार गर्दा छोरा बाबुरामको नाकमा चोट लागेको हो।
प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बाबुले प्रहार गरेको हँसियाले लागेर छोराको नाकमा गहिरो चोट लागेको बताए। प्रहरीले दिलबहादुरलाई पक्राउ गरेको छ।
उनको साथबाट हँसिया पनि बरामद भएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासतमा राखिएको छ।
घाइते बाबुरामको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।