सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ।
दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदंशबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ ग्रीष्म पहाडी छन्।
सोमबार राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडीसँग एक तले पक्की घरमा सुतिरहेका थिए।
मंगलबार बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेका थिए।
ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुरमा लगिएको थियो।
उपचारको क्रममा चिकित्सकले आज बिहान ८ बजे दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।