काठमाडौंबाट पोखरा जाँदै गरेको बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका छन्।
चितवनको ईच्छाकामना-५ पानीधारास्थित पृथ्वी राजमार्गमा ग १ ख ७७०१ नम्बरको बस पल्टिएको हो।
बसमा सवार ३० जना यात्रुमध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।
घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। १७ जनाको पुरानो मेडिकल कलेजमा, एक जनाको चितवन मेडिकल कलेज र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बसका चालक तनहुँको भिमाद- २ बस्ने २५ वर्षीय लेखबहादुर थापा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनदेखि एक किलोमिटर पर पर्छ।