देशभर पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी प्रदेशका पहाडी भूभागमा बदलीको अवस्था रहेको र मधेश प्रदेशका केही भूभागमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् सजिना शाक्यले सेतोपाटीलाई जानकारी दिइन्।
दिउँसोपख सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने उनले बताइन्।
त्यस्तै दिउँसोपख सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताइन्।
राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा महाशाखाले जानकारी दिएको छ।