गर्भावस्थालाई पहिलो तीन महिना, बीचको तीन महिना र पछिल्लो तीन महिना गरी तीन तहमा विभाजन गरिन्छ।
गर्भ रहेको थाहा पाउनासाथ चिकित्सकलाई भेट्नुपर्छ। सुरूमै अल्ट्रासाउण्ड गर्यो भने बच्चा कहाँ रहेको छ भन्ने थाहा हुन्छ। कुनै पनि औषधी नसोधिकन खानु हुँदैन। फोलिक एसिड नामको औषधी खानुपर्छ। सामान्यत: गर्भको योजना बनाउनुभन्दा १/२ महिना पहिला नै फोलिक एसिड खानुपर्छ। गर्भ रहेपछि सामान्य गतिविधि गर्नुपर्छ। लामो यात्रा नगर्ने, गह्रौं काम नगर्ने, शारीरिक सम्पर्क नराख्ने गर्नुपर्छ। अध्ययनले मेवा नखानु भनेर भनेको छ। महिना/महिनामा अस्पताल जानुपर्छ। लामो यात्रा गर्दा तत्काल अस्पतालको सुविधा नपाउन सकिन्छ। त्यसैले सकेसम्म हवाई यात्रा गर्नुपर्छ।
सुरूवातका तीन महिना शारीरिक सम्पर्क गर्नै हुँदैन। बीचको तीन महिनामा शारीरिक सम्बन्ध गर्न हुन्छ भने पछिल्लो तीन महिना पनि हुँदैन। गर्भावस्थामा सामान्यत: शारीरिक सम्पर्क नगरेकै राम्रो हो। सुरूवाती तीन महिनामा वाकवाकी लाग्छ। तर जति वाकवाकी लागे पनि खाना खानुपर्छ।
चौथो महिनामा गर्भवतीलाई खाना रूच्न थाल्छ। तीन महिनापछि प्रोटिनको मात्रा बढाउनु पर्छ। गर्भवतीले अण्डा, दूध र मासु खानुपर्छ। जसले गर्दा बच्चाको वृद्धि विकासमा सहयोग गर्छ। यो समयमा आइरन र क्याल्सियम खानुपर्छ। तीन महिना पुगेपछि अर्को अल्ट्रासाउण्ड गर्नुपर्छ। त्यसो गर्दा बच्चाको अवस्था थाहा हुन्छ। त्यस्तै २२ देखि २४ हप्तामा अन्य स्वास्थ्य परीक्षण गर्नुपर्छ।
अन्तिमको तीन महिना धेरै महत्वपूर्ण हुन्छ। सानो गल्तीले सबै गुम्न सक्छ। त्यसैले चिकित्सकको निगरानीमा बस्नुपर्छ।
गर्भवतीलाई मुटुको समस्या, सुगर, प्रेसर अनि थाइराइड लगायतको समस्या छ भने हामीले त्यसको लागि अलग्गै तरिकाले निगरानी गर्छौं।
गर्भवतीलाई जुनसकै बेलामा शंका लागेमा अल्ट्रासाउण्ड गर्न मिल्छ। अल्ट्रासाउण्डले केही हानी गर्दैन। गर्भवतीले चार महिनापछि उत्तानो परेर सुत्न हुँदैन। कोल्टे परेर सुत्नुपर्छ।
नर्मल डेलिभरी र सिजरिङको कुनै नियम छैन। यो परिस्थितिमा भर पर्ने कुरा हो। बच्चा उल्टो छ, साल बेरिएको छ भने सिजरिङ डेलिभरी गर्नैपर्छ। त्यसैले यसको कुनै तरिका भन्ने छैन।
(बरिष्ठ प्रसुति तथा स्त्री रोग एवम् टेष्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत छन्।)