गर्मी बढेपछि तुलसीपुरका विद्यालय बन्द हुने भएको छ।
जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए।
गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोको आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको उनले बताए।
तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत गरी कुल एक सय ४८ वटा विद्यालय रहेका छन्।
पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेलसियस र त्यो भन्दा माथि मापन हुन थालेको छ।
जसका कारण दिउँसोमा तातो हावा चल्ने गरेको छ।