सिन्धुलीमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ।
दुधौली नगरपालिका-१० कुर्था बस्ने ६२ वर्षीया शिवकुमारी कार्कीको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो।
उपचारको लागि उनलाई कर्जना फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो।