बाँकेमा स्रोत नखुलेको १४ लाख नगदसहित एक जना पक्राउ परेका छन्।
नेपालगन्ज उपमहानगरपालका-१६ चौलिका चोकबाट एक जना पुरूषलाई बिहीबार पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
डुडुवा गाउँपालिका-४ साहपुरूवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई पक्राउ गरेको हो।
उनीबाट भे ६ प ३७४६ नम्बरको मोटरसाइकल र १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको नम्बर ३० गण बाँकेले उनलाई फेला परी चेक गर्दा उक्त रकमसहित पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।