महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो पौने २ बजे बर्दिबास नगरपालिका-२ बुद्ध चोकस्थित औरहीमा ट्याक्टर पछाडिको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।
ज १ त १७४३ नं. को ट्याक्टरमा ज.४ प. २३५१ नं. मोटरसाइकल ठोक्किएको हो।
दुर्घटना हुँदा औरही नगरपालिका-२ बस्ने ६० वर्षीय ताहिर अन्सारीको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिबासस्थित अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
ट्याक्टर चालक फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।