काठमाडौंको सिनामंगलमा लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले गोली चलाएको छ।
काठमाडौं महानगरपालिका वडा-९ शम्भुमार्गमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने प्रहरीले गोली चलाएको हो।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार बिहान ११:४१ बजे गोली चलाएको ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।
‘लागुऔषध कारोबारी (ड्रग्स ) गर्ने एक जनालाई घुँडाभन्दा तल गोली लागेको छ,ʼ प्रवक्ता जोशीले भने, ‘उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ।’
कारोबारीबाट १ सय ग्राम लागुऔषध बरामद गरिएको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिए।