सिन्धुलीमा कमलामाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान करिब १० बजे कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्णबहादुर दाहालले कमलामाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।
दाहाल र उनका ६८ वर्षीय छिमेकी कर्णबहादुर कार्की बिहान साढे ८ बजे गोरू किन्न सोही ठाउँको मडाहामा पुगेका थिए।
उनीहरू मडाहाबाट गोरू किनेर फर्किएका थिए। वडा नम्बर १४ खिरखिरे चन्दनपुरस्थित कमलामाई खोलाबाट गोरू तार्न खोज्दा दाहाललाई बगाएको हो।
सवा १० बजे कर्णबहादुर कार्कीले उनलाई खोलाले बगाएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
खोजी गर्नेक्रममा शव दुई किलोमिटर टाढा फेला परेको हो।
प्रहरीले घटनाको थप कानुनी प्रक्रिया अघि बढाएको छ।