प्युठानमा कार दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन्।
सोमबार पौने ४ बजे स्वार्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएको कार स्वर्गद्वारी नगरपालिका- ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो।
लु १ च ६३४५ कार सडकको घुम्तीबाट खसेको हो। कार सडकबाट ३५ देखि ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काका अनुसार आठ जना घाइते छन्। उनीहरूको उपचारको लागि प्युठान अस्पतालमा पठाइएको छ। घाइते हुनेहरूमा लमहीका चालक तारा कुमालको मात्र पहिचान खुलेको छ। उनको लाइसेन्स भेटिएको हो। अन्य ४ बालक, दुई महिला र दुई पुरूषको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
डिएसपी खड्काले उनीहरूको अवस्था गम्भीर रहेको जानकारी दिए।