काठमाडौंको भोटेबहालबाट जुवा खेल्ने १३ जना पक्राउ परेका छन्।
सोमबार राति प्रहरीले काठमाडौं महानगरपालिका-११ भोटेबहाल शान्तिमार्गस्थित एक घरबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी वृत्त कालिमाटीको टोलीले डेरा गरी बस्ने बागलुङका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरूबाट एक लाख ६७ हजार रुपैयाँ, १६ बुक तास, विभिन्न रंगको कोइन ११९ थान र जुवाको हिसाब राखेको कापी बरामद गरेको हो।
कालिमाटी वृत्तले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।