लजजुङमा जुवा खेल्ने ७ जना पक्राउ परेका छन्।
दोर्दी गाउँपालिका-४ शेरास्थित ए वान रेष्टुरेन्टबाट मंगलबार एक लाख एक हजार ६२५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो।
रेष्टुरेन्टमा जुवा खेलिरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय लमजुङले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको विशेष टोलीले सात जनालाई पक्राउ गरेको हो।
दोर्दी गाउपालिका घर भएका लिलबहादुर गुरुङ, राम अधिकारी, निलबहादुर गुरुङ, प्रेमकुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ पक्राउ परेका हुन्। उनीहरूबाट नगद र तास बरामद भएको छ।
उनीहरूले अनलाइनबाट रकम भुक्तानी गर्ने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय लमजुङबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना हुन्छ।
बरामदी रकम समेत जफत हुने, दोस्रो पटक जुवा खेल्ने खेलाउनेलाई पटकै पिच्छे थप तीन महिनासम्म कैद वा दश हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।