कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा उक्त दुर्घटना भएको हो।
से ७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मंगलबार राति मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएपछि उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।