पहिराका कारण कान्ति लोकपथ अवरूद्ध भएको छ।
आज विहान ललितपुरको भट्टेडाँडा र मकवानपुरको सिस्नेरीमा पहिरो जाँदा लोकपथ अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
भट्टेडाँडाको पहिरो भने बिहान १० बजेसम्म हटाइसकिएको र सिस्नेरीमा पहिरो हटाउने कार्य भइरहेको डिएसपी कार्कीले बताए।
पहिराका कारण दुबै तर्फ सवारी रोकिएका छन्।