जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा रुकुम पश्चिममा १४ थान भरुवा बन्दुक फेला परेको छ।
जिल्लाको मुसीकोट नगरपालिका-८ किटेनीखोला जंगलमा ४ थान, झिमखोलामा २ थान र ओखरधारा जंगल ओडारमा ८ थान गरि कुल १४ थान वेवारिसे अवस्थामा लुकाइ-छिपाइ राखिएका भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।
चोरी शिकारी गर्नेहरुले ती बन्दुकहरु जंगलमै लुकाइ छिपाइ राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
घटना बारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए। त्यस्ता व्यक्तिहरुको खोजतलास भइरहेको उनले जानकारी दिए।
इजाजत पत्र प्राप्त नगरी हात हतियार राख्ने व्यक्तिलाई जोखिमको गम्भिरता हेरि दस बर्ष सम्म कैद र एक लाख रुपैंयासम्म जरिवाना हुने सक्ने कानुनी व्यवस्था रहेको डिएसपी उपरीक्षक नमराज भट्टराईले बताए।
त्यस्ता व्यक्तिहरुको खोजतलास भइरहेको उनले जानकारी दिए। इजाजत पत्र प्राप्त नगरी हात हतियार राख्ने व्यक्तिलाई जोखिमको गम्भीरता हेरी दस बर्षसम्म कैद एक लाख रुपैंयासम्म जरिवाना हुने सक्ने कानुनी व्यवस्था रहेको छ।