ललितपुर महानगरपालिकाले नेपाल प्रहरीलाई सिसिटिभी प्रणाली जडान गर्न साढे तीन करोड दिएको छ।
बिहीबार महानगरका मेयर चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
महानगरलाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट जडान गरिएको ठाउँमा सिसिटिभी जडान गर्ने मेयर महर्जले बताए।
'सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग समन्वयन गरी काम गर्दै आएको छ,' उनले भने।
महर्जनका अनुसार महानगरले सिसिटिभी जडान गर्न नेपाल प्रहरीलाई साढे तीन करोड रुपैयाँ दिएको छ। गत वर्ष भने दुई करोड रुपैयाँ दिइएको हो।
त्यस्तै, डिआइजी लालमणिले सिसिटिभी जडान हुँदा ललितपुर महानगर सुरक्षामा महत्वपूर्ण योगदान रहने बताए।