बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ कार्यवाहक वडा अध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको हो।
उनीहरूले कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेका थिए।
घुस मागेको सूचना अख्तियार सम्पर्क कार्यालय, नेपालगन्जबाट खटिएको टोलीले कार्यवाहक वडा अध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजवासीलाई सेवाग्राहीबाट लिएको ९ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।