स्याङ्जामा ९ वर्षीय बालकको हत्या भएको छ।
शुक्रबार साँझ साढे ५ बजे अर्जुनचौवारी गाउँपालिका-६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए।
सोही ठाउँका २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले बालकको हत्या गरेको आरोप छ। हँसियाले हानेर बालकको हत्या भएको डिएसपी खनालले बताए।
घटनापछि फरार रहेका चुवाईलाई प्रहरीले पुतलीबजार नगरपालिका-१बाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान बढाएको कार्यालयले जनाएको छ।