पाल्पाको तिनाउ नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ।
तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ नदी ड्याममा डुबेर एक किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
मृतक गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियार छन्।
उनी शनिबार मध्यान्हमा तिनाउमा पौडी खेल्नेक्रममा अचानक डुबेर बेपत्ता भएका थिए। उक्त खबर पाएपछि खटिएको प्रहरीको टोलीले उनलाई साढे १ बजे अचेत अवस्थामा फेला पारेको थियो। उद्धार गरी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको थियो।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।