कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ।
बिहीबार* अन्तरजिल्ला सुरक्षा बैठकमा सहभागी भएर सुर्खेतबाट धनगढी आउने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको थियो।
दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। गाडी भने क्षतिग्रस्त भएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। - सच्याइएको