ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका ४ मध्ये एक जनाको शव फेला परेको छ।
शनिबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो।
पहिरोमा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।
३० वर्षीय गणेश तामाङको शव फेला उनले बताए।
उनका अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुढाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुढाक्षेत्रीको खोजी कार्य जारी रहेको छ।
उनीहरू तीनै जना एकै परिवारका सदस्य हुन्।