सर्वोच्च अदालत अगाडिबाट ११ जना नागरिकता पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नागरिकता पीडितले निषेधित क्षेत्रमा नाराबाजी गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं एसपी सिताराम रिजालले जानकारी दिए।
‘भर्खर नियन्त्रणमा लिइएका हौं। थप अनुसन्धान हुन बाँकी छ,ʼ एसपी रिजालले भने।
सर्वोच्च अदालतलाई पीडितले दवाव दिन नाराबाजी गर्दा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष इन्द्रजीत साफीले जानकारी दिए।
उनीहरू अहिले पीडितलाई रिहा गर भन्दै माइतीघर मण्डलमा नाराबाजी गरिरहेका छन्।
‘साथीहरूलाई रिहा नगरेसम्म नाराबाजी गरिराख्छौं,’ उनले भने।
जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्दै १४ दिनदेखि उनीहरू माइतीघर मण्डलमा अनशन बसिरहेका छन्।