पाँचथरको याङवारक गाउँपालिका-१ फेदीमा पहिरोमा फसेका १० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।
अविरल वर्षासँगै आएको पहिरोमा फसेका तीन परिवारका दस जनालाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका पाँचथरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाका अनुसार स्थानीय ६० वर्षीय नरमाया गुरूङ, उनको नाति १६ वर्षीय सन्दिप गुरूङ र नातिनी, सोही वडाका ८० वर्षीय कृष्ण बहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीय डिक माया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ, बुहारी ३० वर्षीय सुनिता गुरूङलाई उद्धार गरिएको हो।
त्यस्ती सोही वडाका ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीय मन कुमारी गुरूङ, उनीहरूको छोरी १६ वर्षीय सुस्मा गुरूङलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको डिएसपी खतिवडाले जानकारी दिए।
उद्धार गरेको १० जनालाई याङवारक च्याङथापु स्थित विष्णु माध्यामिक विद्यालयमा सुरक्षित राखिएको उनले बताए।