पोखरा विश्वविद्यालय र नेपाललाई प्रतिनिधित्व गर्दै सात जना पोखरा विश्वविद्यालयका विद्यार्थीको टिम अस्वाथामा हल्ट प्राइज रिजनलका लागि दुबई प्रस्थान गरेका छन्।
अन क्याम्पस पोखरा विश्वविद्यालयको विजेता बन्दै रिजनलका लागि टिम अस्वाथामा दुबई प्रस्थान गरेको हो।
दुबईको हल्ट इन्टरनेशनल वजनेस स्कुलमा हुने यस प्रतियोगिता जून २३ र २४ मा हुने छ।
विद्यार्थीहरुमा नोबेल प्राइज मानिने हल्ट प्राइज एउटा ग्लोवल प्रतियोगिता हो।
जसमा विद्यार्थीहरुले आफ्नो उद्यमशीलताको सोचलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। हल्ट प्राइज विजेतालाई १ मिलियन डलर (नेपाली १३ करोड दिइन्छ)।